Logo
१५ वैशाख २०८१, शनिबार

आनन्द कार्कीको ‘गोधूली साँझै’मा सार्वजनिक

अक्षरपाटी
२०८० जेठ ११ , बिहीबार ०१:०५ मा प्रकाशित

काठमाडौं। लामो समयदेखि नेपाली गायन क्षेत्रमा विशेषगरि गजल र आधुनिक गायनमा राज गर्न सफल गायक आनन्द कार्कीको नयाँ गीत गोधूलि साँझैमा बजारमा आएको छ।

डन कार्कीको शब्द तथा युगेश कार्कीको प्रस्तुति रहेको गीतमा चाँद सिंहको संगीत तथा संगीत संयोजन रहेको छ।

पाँच हजारभन्दा बढी गीतमा आफ्नो स्वर दिइसकेका गायक कार्कीका सयौँ गीतहरु हिट छन्। तीमध्ये कतिपय गीतहरुको भिडियोमा आनन्द कार्की देखा पनि परेका छन्।

लोकलयमा आधारित डान्सिङ गीतमा पूर्ण मोडल अथवा नायकको रुपमा यो उनको पहिलो प्रयास हो।

पहिलो प्रयासमै गायक कार्कीले आफ्नो अभिनय क्षमताका साथसाथै आफ्नो नृत्य क्षमता पनि देखाएका छन्।

भिडियोतर्फ अभिनयमा नायिका अनु शाहले साथ दिएकी छिन् भने छायाँकन उत्सव दाहाल, श्रृङ्गार विमला तामाङ, कोरियोग्राफी राजकुमार दर्जी, सहायक निर्देशन उषा मलाहा ु सिमरन र सम्पादन र निर्देशन राज कुमारको रहेको छ।