Logo
११ साउन २०८३, सोमबार

सत्याग्रही डा. केसी र सरकारी टोलीबीच धनगढीमा वार्ता

अक्षरपाटी
२०८३ साउन १० , आईतबार ०३:०७ मा प्रकाशित

धनगढी। सपत्याग्रही डा गाेविन्द केसीसँग सरकारले वार्ता सुरु गरेकाे छ। सुदूरपश्चिमको धनगढी पुगेर बिहीबारदेिख अनशन बसेका डाक्टर केसीसँग सरकारको उच्चस्तरीय टोलीले वर्ता सुरु गरेको हो।

केसीले उठाएका मागबारे सरकारी वार्ता टोलीले छलफल थालेको बताइएको छ। केसीका प्रतिनिधि र सरकारी टोलीबीच सेती प्रादेशिक अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डाक्टर हेमराज पाण्डेको कार्यकक्षमा वार्ता भइरहेको बताइएको छ।

वार्तामा सरकारका तर्फबाट प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डाक्टर जगदीशप्रसाद अग्रवाल, प्रतिनिधि सभा सदस्य पुकार बम, शिक्षा तथा खेलकुुद मन्त्रालयका सचिव चूडामणी पौडेल र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डाक्टर विकास देवकोटा सहभागी छन्। डाक्टर केसीका तर्फबाट उनका सहयोगी डाक्टर अमृत जैशी र पवन थापा वार्तामा सहभागी छन्।

चिकित्सा शिक्षा सुधार, सुशासन र जेनजी आन्दोलनका क्रममा भएका हिंसात्मक घटनामा संलग्नमाथि कारबाहीसहित पाँच बुँदे माग राखेर डा. केसी २४औँ सत्याग्रहमा छन्।

केसीले सहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका रजिष्ट्रार डा. भीमबहादुर चन्दको नियुक्तिको विषयलाई सरकारसँगको वार्ताको सबैभन्दा संवेदनशील विषय बनाएका छन्। स्वार्थ प्रेरित नियुक्ति खारेज नगरेसम्म सहमति नहुने अडानमा डा. केसी दृढ रहेको स्रोतले बताएको छ।

डा. केसीले निजी मेडिकल कलेजसँग प्रत्यक्ष सम्बन्ध भएका व्यक्तिलाई सार्वजनिक विश्वविद्यालयको नेतृत्वमा नियुक्त गर्नु नै स्वार्थको द्वन्द्व भएको दाबी गर्दै आएका छन्। यद्यपि स्थानीय वुद्धिजीवी, अगुवा दावी गर्नेहरुले भने केसीको अनसन विगतजस्तो निस्वार्थ नभएको दावी गर्दै आएका छन्।

सरकारी स्रोतहरूका अनुसार शिक्षा मन्त्रालय डा. केसीले उठाएका अधिकांश मागमा सकारात्मक देखिए पनि विश्वविद्यालयका उपकुलपति डा. सुनिलप्रसाद जोशी र रजिष्ट्रार डा. भीमबहादुर चन्दलाई हटाउने विषयमा कानुनी तथा प्रशासनिक विकल्प खोजिरहेको बताइएको छ।

डा. गोविन्द केसी