Logo
१३ वैशाख २०८१, बिहीबार

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएकाहरुको बयान आजदेखि

अक्षरपाटी
२०८० जेठ १२ , शुक्रबार ११:०५ मा प्रकाशित

काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएकाहरुको बयान आजदेखि सुरु हुने भएको छ।

शरणार्थी प्रकरणमा प्रतिवादी बनाइएका तथा पक्राउ परेकाहरुको न्यायाधीशसमक्ष बयान हुने भएको हो।

प्रकरणमा बुधबार ३० जनाविरुद्ध विभिन्न पाँच अभियोगमा जिल्ला अदालत काठमाडौं मुद्दा दर्ता भएको थियो। सो मुद्दामा १६ जना पक्राउ परेका छन् भने १४ फरार छन्।

दर्ता भएको मुद्दमा आजदेखि पक्राउ परेका प्रतिवादीहरूले न्यायाधीशको अगाडि बयान लिइनेछ।

बयान सकिएपछि मात्र थुनछेकको बहस सुरु हुनेछ। थुनछेकको बहसपछि प्रतिवादीहरूलाई थुनामा राख्ने वा धरौटीमा रिहा गर्ने भन्ने आदेश हुनेछ।

सरकारी वकिलको कार्यालयले जिल्ला अदालत काठमाडौंमा २६ करोड भन्दा बढी बिगो माग राखी मुद्दा दायर गरेको थियो।

राज्य बिरुद्धको अपराध, संगठित अपराध, किर्ते, ठगीलगायतका आरोप दर्ज गराएर मुद्दा दर्ता गराएको पर्सिपल्ट अर्थात आजबाट अदालत बयान लिन लागिएको हो।