Logo
१४ वैशाख २०८१, शुक्रबार

मनमोहक झरनाले अन्नपूर्ण पदमार्ग झनै आकर्षक

अक्षरपाटी
२०८० जेठ १२ , शुक्रबार १२:०५ मा प्रकाशित

धुम्म परेका अग्ला पहाड। पहाडको शिरानबाट खस्ने कञ्चन झरना। तिनै झनको फेदीमा बनेका निला रहरलाग्दा ता।

चारैतिर हरियाली जंगल। सिरसिर चल्ने चिसो बतास। अन्नपूर्ण पदयात्रामा देखिने र अनुभूत हुने यही परिवेशले यात्राको थकान नै बिसाईदिन्छ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङमा रहेको अन्नपूर्ण हिमालको आधार शिविर पुग्ने पदमार्गमा आफ्नौ बैंश उर्र्लाएर झर्ने आधा दर्जनभन्दा बढी यस्तै मनोरम झरनाले पर्यटकको ध्यान तान्ने गरेको छ।

मौरिज हर्जोग मदमार्गमा पर्ने फुफुते झरना, रातो झरना, पञ्च झरनालगायत छहराहरुले हर कसैको मन नलोभ्याइरहन सक्दैन।

हिमालका प्रथम आरोही फ्रान्सका मौरिस हर्जोगले हिमाल आरोहण गर्दा प्रयोग गरेको यो पदमार्गलाई नै अहिले मौरिज हर्जोग पदमार्गमा रुपमान्तरण गरिएको छ।

कडा चट्टानलाई पानीले काटेर छङछङ बग्ने झरनाले पर्यटकलाई आकर्षित गर्ने गरेको छ।

पहाडको उकालो चढ्दा हुने थकान पनि यहाँको मनोरम दृश्यले सबै बिर्साइदिने गरेको पदयात्रीहरु बताउँछन्।

नीलगिरी र अन्नपूर्ण हिमालबाट बग्ने मिस्त्रीखोलाको पानी यही देखिने झरना भएर झर्ने गरेको छ। सफा, कञ्चन र निलो पानीमा मनै लहराउने गरेको आगन्तुकहरु बताउँछन्।

अन्नपूर्ण पदमार्गअन्तर्गत गुफा फाँटमा अन्नपूर्ण हिमशृङ्खलाबाटै बग्ने पञ्च झरना पर्यटकका लागि अर्को आकर्षण हो।

अग्लो पहाडबाट एकपछि अर्को लहरै पाँचवटा झरनाको अवलोकन गर्न पाउँदा पर्यटक खुसीले गदगद हुन्छन्।