Logo
२७ वैशाख २०८१, बिहीबार

कोशी प्रदेशमा गुलेली र ढुंगा बोकेका २३ जना प्रदर्शनकारी पक्राउ

अक्षरपाटी
२०८० जेठ १४ , आईतबार ११:०५ मा प्रकाशित

विराटनगर। कोशी प्रदेश सभाको बैठक अवरुद्ध गर्ने उद्देश्यले बैठक स्थल पुगेका २३ जना प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रदेशको नाम कोशी हटाएर पहिचानका आधारमा पुनः नामारण गर्नुपर्ने माग गर्दै आन्दोलनमा गर्न पुगेका उनीहरुबाट गुलेली र ढुंगा बरामद भएको प्रहरीले जनाएको छ।

प्रदेश सभाको दोस्रो तथा बजेट अधिवेशन आजबाट हुँदैछ। प्रदेश सभाको बजेट अभिवेशन अवरुद्ध गर्ने उद्देश्यले आन्दोलन घोषणा गरेका पहिचान पक्षधरले आज बिहानैबाट प्रदेश सभा सचिवालय अगाडि प्रदर्शनको तयारी गरेका थिए।

प्रशासनले हिजैदेखि निशेधाज्ञा जारी गरेको थियो। आन्दोलनको तयारी भएको जानकारी पाएपछि प्रहरीले प्रदेश सभा सचिवालय आसपासको सुरक्षा व्यवस्था कडा बनाएको छ। प्रदेश सभातर्फ जाने चारतिरै सडकमा प्रहरी परिचानल गरिएको छ।

कोशी प्रदेश सभाको दोस्रो एवं बजेट अधिवेशन दिउँसोबाट सुरु हुनेछ। प्रदेश सभाले गत फागुन १७ गते प्रदेशको नाम कोशी राखेपछि पहिलोपटक बैठक बस्न लागेको हो।