Logo
१४ वैशाख २०८१, शुक्रबार

सरकारले आगामी आर्थिक वर्षमा नयाँ गाडी नकिन्ने

अक्षरपाटी
२०८० जेठ १५ , सोमबार ०५:०५ मा प्रकाशित

काठमाडौं। सरकारले आगामी आर्थिक वर्षमा नयाँ गाडी नकिन्ने भएको छ।

अर्थमन्त्रीले बजेट भाषणका क्रममा आगामी आर्थिक वर्षमा नयाँ सवारी साधन नकिन्ने र नयाँ भवन नबनाउने घोषणा गरेका हुन्।

संघीय संसदमा पेश भएको बजेटमा अर्थमन्त्री महतले सरकारी अधिकारीलाई दिइने इन्धन सुविधालाई अब नगदमा स्वीकृति मापदण्डमा आधारित भएर नगदमै दिने व्यवस्था गरिने समेत बताए।

उनले सवारी किन्नुको सट्टा सवारी चढ्ने अधिकारीलाई एकमुष्ट नगदै प्रदान गर्ने समेत बजेट भाषणमा बताए।

अर्थमन्त्री प्रकाशशरण महत बजेट भाषण