Logo
१५ चैत्र २०८०, बिहीबार

‘चारदाम’ को शुभ मुहुर्त

अक्षरपाटी
२०८० जेठ २२ , सोमबार ०९:०६ मा प्रकाशित

इटहरी। तामाङ जातीको लोपोन्मुख भाषा, लिपी, भेषभूषा, कला, संस्कार र संस्कृतिको संरक्षण तथा सम्बर्द्धन गर्ने उद्देश्यले निर्माण हुन लागेको फिल्म ‘चारदाम’ को शुभ मुहुर्त गरिएको छ।

सोमबार इटहरीको जनता बस्तीमा रहेको टासी छोइलिङ गुम्बामा आयोजित कार्यक्रमका प्रमुख अतिथि नेपाल तामाङ घेदुङ कोशी प्रदेश अध्यक्ष रेख बहादुर तामाङ घिसिङले क्ल्याप, बिशिष्ट अतिथि नेपाल चलचित्रकर्मी महासंघ कोशी प्रदेश अध्यक्ष अरुण कुमार प्रधानले एक्सन कट, फिल्मका मुख्य कलाकार मदन राई र मोहन लोप्चनले संम्वाद बोलेर फिल्मको शुभ मुहुर्त गरिएको हो।

कोशी भिजनको ब्यानरमा निर्माण गरिने चारदाम फिल्मका निर्देशक तथा लेखकका रुपमा लाखमान योन्जन तामाङ छन् भने कलाकारहरूमा सुवास योन्जन तामाङ, सुकुमाया मोक्तान तामाङ, मदन राई, मोहन लोप्चन तामाङ्ग, शान्ती पाख्रीन तामाङ, पुर्ण लिम्बू, बालकलाकार सुम्निमा योन्जन तामाङ, डम्बर किमारी मेन्याङ्बो र मेनुका राई लगायत छन्।

फिल्मको छायांकन तथा मुख्य सहायक निर्देशकमा सुमन योन्जन तामाङ, निर्मातामा मैना घिसिङ, मदन राई, मोहन लोप्चन तामाङ छन्।

भोजपुर र सुनसरीको विभिन्न स्थानमा छायांकन गरिने फिल्मको सम्पादक हेमन योन्जन तामाङ हुन् भने २ वटा गीत यो फिल्ममा समावेश गरिने बताईएको छ।

शुभ मुहुर्त कार्यक्रममा नेपाल तामाङ घेदुङका संरक्षक मनु मोक्तान, घेदुङकै इटहरी उपमहानगरपालिका समिति अध्यक्ष मोहन लोप्चन तामाङ, नेपाल तामाङ महिला घेदुङ इटहरी उपमहानगरपालिका समिति अध्यक्ष कोपिला घिसिङ तामाङको बिशिष्ट आतिथ्यता रहेको थियो।

फिल्म निर्देशक बिजय सुब्बा, कलाकार हिमाल दाहाल, सुरेन्द्र भुजेल लगायतको उपस्थिति थियो।