Logo
६ चैत्र २०८०, मंगलबार

प्रधानमन्त्रीद्वारा आज खप्तड आध्यात्मिक सम्मेलनको उद्घाटन

अक्षरपाटी
२०८० जेठ २३ , मंगलबार ०९:०६ मा प्रकाशित

कैलाली। धर्तीको स्वर्ग भनेर चिनिने सुदूरपश्चिमको खप्तड क्षेत्रमा आजदेखि खप्तड आध्यात्मिक सम्मेलन सुरु हुँदैछ।

तीन दिनसम्म चल्ने सम्मेलनको आज प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्ने कार्यक्रम छ।

सम्मेलनमा भारतीय योग गुरु रामदेव, पतञ्जली योगपीठका महामन्त्री आचार्य बालकृष्ण, महायोगी जगतगुरु शिद्धबाबा कृष्णदास महाराज लगायतको उपस्थिति हुनेछ।

सम्मेलनमा पहिलो दिन बाबा रामदेव र त्यसपछि दुई दिन आचार्य बालकृष्णले योग गराउने कार्यक्रम छ। सम्मेलनमा सुदूरपश्चिमका लोकसँस्कृति, झाँकी, भुवा, हुड्क्यौली, गौरा र देउडा नाच प्रस्तुत गरिने छ।

डोटी, अछाम, बझाङ र बाजुरा जिल्लाको केन्द्र भागमा रहेको धार्मिक क्षेत्र जडिबुटीका हिसाबले पनि प्रख्यात छ।

खप्तड बाबाले पत गरेको यो भूमी आध्यात्मिक र प्राकृतिक हिसाबले अनुपम मानिन्छ ।

२२ पाटन, २५ मैदान र ५२ वटा थम्के पहाडले भरिएको यो भूमी जैविक विविधताले भरिपूर्ण छ। खप्तडमा सैयौँ प्रजातिका चरा, ३७२ प्रजातिका वनस्तति र १३० थरी जडीबुटी पाइन्छ।

खप्तड