Logo
२० वैशाख २०८१, बिहीबार

मधेस प्रदेश : विश्वासको मत लिन अन्तिममा आकस्मिक बैठक

अक्षरपाटी
२०८० जेठ ३० , मंगलबार ०१:०६ मा प्रकाशित

जनकपुरधाम। मधेस प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवले आकस्मिक रुपमा विश्वासको मत लिन लागेका छन्।

मधेस प्रदेशको प्रदेश सभा बैठक अगामी जेठ ३२ गते बस्ने भनिएकोमा आजै आकस्मिक रूपमा बैठक बोलाएर मुख्यमन्त्रीले विश्वासको मत लिन लागेका हुन्।

प्रदेशसभाको आकस्मिक बैठक आज साँझ ५ बजेको लागि बोलाइएको प्रदेशसभा सचिवालयका सचिव रञ्जित यादवले जानकारी दिए।

सरकारलाई समर्थन दिएका कुनै दलले समर्थन फिर्ता लिएमा ३० दिन भित्र पुनः विश्वासको मत लिनु पर्न कानुनी व्यवस्था छ।

पुस २७ गते मधेस प्रदेशसभाको ठूलो दल नेकपा एमालेसहितका दलको समर्थनमा मुख्यमन्त्री सरोजकुमार यादव नियुक्त भएका थिए।

समीकरण फेरिएपछि चैत २१ मा मधेस सरकारबाट बाहिरिएको एमाले जेठ १ गते समर्थन फिर्ता लिएको थियो।

यस अनुसार भोलिसम्मा जसरी पनि सरकारले प्रदेशसभाबाट पुनः विश्वासको मत लिनु पर्ने हुन्छ। तर, विश्वासको मत लिन मधेस सरकारले कुनै चासो देखाएको थिएन।

कानुनी अड्चन आउन सक्ने देखेपछि मुख्यमन्त्री यादवले आकस्मिक रुपमा विश्वासको मत लिन लागेका हुन्।

मधेस प्रदेश