Logo
७ जेठ २०८१, सोमबार

सकियो सुदूरपश्चिम प्रदेशको नीति तथा कार्यक्रममाथिको छलफल

अक्षरपाटी
२०८० जेठ ३० , मंगलबार ०६:०६ मा प्रकाशित

धनगढी। सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम माथिको छलफल आज सकिएको छ।

प्रदेशको नीति तथा कार्यक्रममा मोनो रेल, जलयात्रा र चिडिया खाना स्थापना गर्ने जस्ता कुराले प्राथमिकता पाउँदा रोजगारीका लागि भारतलगायत तेस्रो मुलुक गइरहेका युवाको विषय भने उपेक्षामा परेको गुनासो प्रतिपक्षको छ।

प्रस्तुत नीति तथा कार्यक्रममा छलफलका क्रममा उठेका प्रश्न र प्रतिपक्षको विमतिका विषयमा मुख्यमन्त्री कमलबहादुर शाहले जवाफ दिएका थिए। छलफल पछि नीति तथा कार्यक्रम हुबहु पारित भएको।

प्रदेश सभाको अर्को बैठक आगामी बिहीबार दिउँसो ४ बजेका लागि बोलाइएको छ।

सुदूरपश्चिम प्रदेश