Logo
१९ वैशाख २०८१, बुधबार

दुई पटकको एकदिवसीय विश्वकप च्याम्पियनसँग नेपालको पहिलो भेट

अक्षरपाटी
२०८० असार ७ , बिहीबार ०७:०६ मा प्रकाशित

काठमाडौं ७ असार। आइसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको तेस्रो खेलमा आज नेपाल वेस्ट इन्डिजसँग भिड्ने भएको छ।

वेस्ट इन्डिज र नेपालबीचको खेल जिम्बावेको राजधानीस्थित हरारे स्पोर्टस् क्लबमा नेपाली समय अनुसार दिउँसो पौने १ बजे सुरु हुँदैछ।

तेस्रो खेल खेल्दै गरेको नेपाल वेस्ट इन्डिजलाई हराएर प्रतियोगितामा दोस्रो जित हात पार्न चाहन्छ।

पहिलो खेलमा घरेलु टोली जिम्बावेसँग पराजित नेपालले दोस्रो खेलमा अमेरिकालाई हराएको थियो। दुई पटकको एकदिवसीय विश्वकप च्याम्पियनसँग नेपालको यो पहिलो भेट हो।

नेपालले विश्व विजेतासँग पहिलो पटक खेल्ने अवसर पाएको हो। नेपाल यस अवसरलाई सदुपयोग गर्दै ऐतिहासिक जित निकाल्ने सोचमा छ।

यसका लागि नेपालले आफ्नो बलियो प्लेईङ ११ मैदानमा उतार्ने अनुमान गर्न सकिन्छ।

मंगलबार अमेरिकासँग खेलेको प्लेईङ ११ लाई आजको खेलमा निरन्तरता दिने सम्भावना छ।

वेष्टइन्डिजले आइसीसी एकदिवसीय विश्वकपको पहिलो तथा दोस्रो संस्करणको उपाधि जितेको थियो।

१९७५ मा इंग्ल्यान्डमा आयोजना भएको पहिलो संस्करणको विश्वकपमा अष्ट्रेलियालाई पराजित गरि वेस्ट इन्डिजले उपाधी जितेको थियो।

इंग्ल्यान्डमै १९७९ आयोजना भएको दोस्रो संस्करणमा घरेलु टोलीलाई पराजित गरि वेष्टइन्डिज च्याम्पियन बनेको थियो।

आइसीसी एकदिवसीय विश्वकप क्रिकेट