Logo
२५ भदौ २०८३, बिहीबार

गगन थापा भन्छन् : कांग्रेसको लय बिग्रियो, समाजमा निराशा बढ्यो, अब गाउँ पस्छु

अक्षरपाटी
२०८० असार ९ , शनिबार १२:०६ मा प्रकाशित

काठमाडौं ९ असार। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाली समाजमा निराशा र आक्रोस व्याप्त हुँदै गएको बताए।

उनले यो आक्रोस र निराशालाई तत्काल सम्बोधन गर्नुपर्ने र त्यसो गर्न नसके विष्फोटको रुप लिने धारणा राखेका छन्।

शनिबार आफ्नो निर्वाचन क्षेत्र काठमाडौं ४ मा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले देशकै ठूलो र पुरानो पार्टी कांग्रेसको लय बिग्रिएका कारण समाजमा निराशा, आक्रोश र असन्तुष्टि बढेको बताए।

उनले समाजको आक्रोश विष्फोट हुन लागेको जिकिर गरे। उनले जताततै ब्याप्त निराशाको कारबारे भने, ुदेश हाँक्ने सबैभन्दा ठूलो पूरानो र सबैभन्दा ठूलो जिम्मेवारी प्राप्त नेपाली कांग्रेस पार्टीको लय बिग्रिदा, यसले लय पक्रिन नसक्दा, अलमलिदा र हामी आफैं असन्तुष्ट हुँदा असरल्ल छरिएको छ।’

महामन्त्री थापाले जनताका कुरा सुन्न, बुझ्न आफू अब गाउँ जाने बताए। उनले भदौदेखि काठमाडौं छाडेर ३०, ४० जिल्ला तथा गाउँको भ्रमण गर्ने योजना सुनाए।

तल्लो तहसम्म गएर जनसंवाद यात्रा गर्ने र गाउँका मान्छेको कुरा सुनेर माथि बसेकाहरुको बीचमा ल्याउने थापाको योजना छ।

कांग्रेस गगन थापा

ट्रेन्डिङ ( साप्ताहिक )