Logo
२४ वैशाख २०८१, सोमबार

११ औं नेपाल अफ्रिका फिल्म फेस्टिबलमा १२ देशका २२ फिल्म

अक्षरपाटी
२०८० असार १९ , मंगलबार ०४:०७ मा प्रकाशित

काठमाडौं, १९ असार। असार २३ देखि २५ सम्म काठमाडौंको जमल स्थित नाचघरमा ‘११ औं नेपाल अफ्रिका फिल्म फेस्टिबल–२०२३’ हुने भएको छ। महोत्सबको तयारी अन्तिम चरणमा पुगेको छ।

कलेज अफ जर्नालिजम एन्ड मास कम्युनिकेशनको आयोजना र चलचित्र विकाश बोर्ड एवम् विलक्षण क्रियसनको सह आयोजनामा फेस्टिबल हुन लागेको हो।

‘हामीले नेपाल र अफ्रिकाको संस्कृति आदन प्रदानसँगै चलचित्रबाट दुई फरक महाद्धिपलाई जोड्न १२ वर्ष अघिबाट यो महोत्सब निरन्तर आयोजना गर्दै आएका छौं,’ महोत्सब अध्यक्ष एवम् कलेजकी प्रिन्सिपल डा मञ्जु मिश्रले भनिन्।

यसपटक महोत्सबमा ११ वटा मुलुकका १० वटा अफ्रिकन चलचित्र तथा बृत्तचित्र चयन भएका छन्। यस्तै नेपालबाट १२ वटा चलचित्र तथा बृत्तचित्र चयन भएका छन्।

महोत्सब अफ्रिकन बस्तुका प्रदर्शन तथा अन्य विभिन्न कार्यक्रम रहेको पनि महोत्सबकी अध्यक्ष मिश्रले बताइन्।

नाचघरमा २३ देखि २५ असारसम्म तीन दिन चल्ने छ। २३ असार शनिबार ११ बजेबाट १२ः३० सम्म उद्घाटन समारोह रहेको र सोही दिन १ बजेबाट तीन दिनसम्म यी २२ वटा फिल्म प्रदर्शन गरिने छ।

२५ गते सोमबार ३ः३० बजेबाट महोत्सब समापन तथा अवार्ड समारोह आयोजना गरिने छ।

महोत्सबमा आईतबार २४ असारमा नाचघरमै एक दिवसीय अभिनय कार्यशाला हुनेछ।