Logo
६ पुस २०८१, शनिबार

काठमाडौंमा ११ औँ नेपाल अफ्रिका फिल्म फेस्टिबल

अक्षरपाटी
२०८० असार २३ , शनिबार १०:०७ मा प्रकाशित

काठमाडौं। शनिबारबाट काठमाडौंमा अन्तर्राष्ट्रिय ‘११ औं नेपाल अफ्रिका फिल्म फेस्टिबल–२०२३’ सुरु भएको छ।

जमल स्थित नाचघरमा सुरु भएको फेस्टिबलको चलचित्र विकाश बोर्डका अध्यक्ष भुवन केसी तथा विभिन्न चलचित्रकर्मीले महोत्सबको ‘बुकलेट’ बिमोचन गर्दै सुरु गरेका हुन्।

सोमबार २५ असार बेलुकासम्म चल्ने यो महोत्सबमा यसपटक १० वटा अफ्रिकी चलचित्र र नेपालका १२ गरी कुल २२ चलचित्र छन्।

जसमा अफ्रिकाको ३ वटा बृत्तचित्र, एउटा फिचर फिल्म र ६ वर्ट सर्ट फिल्म रहेका छन्।

१० वटा अफ्रिकी चलचित्र मध्य फिचर फिल्म तर्फ मोजाम्बियाको फिचर फिल्म ट्रेन अफ द साल्ट एन्ड सुगर छानिएको छ।

यस्तै सर्ट फिल्म तर्फ रुवान्डा र स्विजरल्यान्डको सर्ट फिल्म आई गट आई थिङ एन्ड लेफ्ट, इजिप्टको सर्ट फिल्म द बिल्डर, साउथ अफ्रिकाको सर्ट फिल्म ह्याङ म्यान, फ्रान्सको सर्ट फिल्म शान्ता क्लज डार्क साईड, घानाको सर्ट फिल्म या, केन्या र जर्मनको सर्ट फिल्म वाटु वाटो छानिएको छ।

महोत्सबमा बृत्तचित्र अन्तर्गत जिम्मावेको बृत्तचित्र कलिङ द डेड, युगान्डाको बृत्तचित्र समबडी क्लाप फर मी र केन्याको बृत्तचित्र थ्याँक्यु फर द रेन रहेका छ।

महोत्सबमा नेपालबाट चारवटा फिचर फिल्म, तीन वटा सर्ट फिल्म, तीन वटा स्टुडेन्ट फिल्म र दुई वटा बृत्तचित्र प्रदर्शनका लागि छानिएका छन्।

फेस्टिबलका लागि छानिएको फिचर फिल्ममा दिनेश राउत निर्देशित प्रकाश, परिच्छेद सेन निर्देशित प्रेमगञ्ज, शम्भु थापा निर्देशित हुक्का र रोशन कुमार श्रेष्ठ निर्देशित भाग्य रहेका छन्।

यो फेस्टिबललाई छानिएको सर्ट फिल्ममा डब्बु क्षत्री निर्देशित परिवर्तन, सुमन दाहाल निर्देशित परिवार, प्रधुम्न मिश्र निर्देशित दुविधा रहेका छन्।

स्टुडेन्ट समुहको सर्ट फिल्म प्रतिस्पर्धामा सुन्दर योञ्जन निर्देशित ऐजेरु, सामल कुमार बज्राचार्य निर्देशित हावाम्यान र अम्बिका भण्डारी निर्देशित कलुवा रहेको छ।

यस्तै बृत्तचित्र तर्फ रोशनी केसी निर्देशित समर्पण र भिमलाल श्रेष्ठ निर्देशित फेरी रहेका छन्।

नेपाली चलचित्र क्षेत्रमा विभिन्न योगदान पु¥याएका १० श्रष्टालाई उद्घाटन समारोहमा सम्मानित गरिएको थियो।