Logo
६ जेठ २०८१, आईतबार

महिला विश्व कप : आज इटली र अर्जेन्टिना, जर्मनी र मोरक्को तथा ब्राजिल र पानामा खेल्दै

अक्षरपाटी
२०८० साउन ८ , सोमबार ०१:०७ मा प्रकाशित

काठमाण्डौ, ८ साउन । फिफा महिला विश्व कप फुटबलमा आज तीन वटा खेल हुँदैछन् । आज इटली, जर्मनी, अर्जेन्टिना, ब्राजिललगायतको खेल हुँदैछ ।

नेपाली समय अनुसार बिहान पौने १२ बजे समूह ‘जी’ का इटली र अर्जेन्टिना खेल्दैछन् । यो खेल न्युजिल्यान्डमा हुनेछ ।

आजका अरु दुई खेल अस्ट्रेलियामा हुनेछन् । दिउँसो सवा दुई बजे समूह ‘एच’ को जर्मनी र मोरक्कोबीच खेल हुनेछ ।

यस्तै, बेलुका पौने ५ बजे समूह ‘एफ’ को ब्राजिल र पानामा खेल्दैछन् ।

हिजो भएका खेलमा स्वीडेन, नेदल्यान्ड्स विजयी हुँदा फ्रान्स र जमैकाले गोलरहित बराबरी खेलेका छन् । आउँदो अगस्ट २० तारिखसम्म हुने विश्व कपमा ३२ टोलीको सहभागिता रहेको छ ।