Logo
२१ भदौ २०८३, आईतबार

इमरान खान निवासबाटै पक्राउ, तीन वर्षको जेल सजाय

अक्षरपाटी
२०८० साउन २० , शनिबार ०५:०८ मा प्रकाशित

इस्लामावाद २० साउन। पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान निवासबाटै पक्राउ परेका छन्।

तथा तेहरिक(ए इन्साफका अध्यक्षसमेत रहेका खानलाई ट्रयाल कोर्टले गैरकानुनी रूपमा सरकारी उपहार बेचेको अभियोगमा तीन वर्षको जेल सजाय सुनाएलगत्तै उनी पक्राउ परेका हुन्।

अदालतको फैसला लगत्तै खानलाई लाहोरमा रहको उनकै निवासबाट पक्राउ गरिएको बीबीसीले जनाएको छ।

इस्लामावादको जिल्ला तथा सेसन अदालतले खानलाई दोषी ठहर गर्दै तीन वर्षको जेल सजाय र एक लाख रुपैयाँ जरिवाना तोकेको हो।

इमरानको पार्टी तेहरिक ए इन्साफले यसलाई पूर्वाग्रहपूर्ण भएको भन्दै निर्णयविरुद्ध सर्वोच्च अदालत जाने बताएको छ।