Logo
१८ असार २०८३, बिहीबार

निजी विद्यालय सञ्चालकद्वारा विधेयकको विरोध, साउन २८ गतेदेखि विद्यालय बन्द गर्ने धम्की

अक्षरपाटी
२०८० साउन २३ , मंगलबार ०३:०८ मा प्रकाशित

काठमाडौं २३ साउन। निजी विद्यालय सञ्चालकहरूले साउन २८ देखि विद्यालय बन्द गर्ने धम्की दिएका छन्।

प्रस्तावित ‘विद्यालय शिक्षा ऐन–२०८०’ विधेयकविरुद्ध उनीहरुले आन्दोलनको घोषणा गरेका हुन्।

प्यावसन, एनप्याब्सन र हिसानले संयुक्त रूपमा पत्रकार सम्मेलन गरेर विधेयकमा समावेश कतिपय विषयमा असहमति जनाउँदै आन्दोलनको घोषणा गरेका हुन्।

आन्दोलन अन्तर्गत साउन २८ गतेदेखि अनिश्चितकालिन विद्यालय बन्द गरिने प्याब्सनका अध्यक्ष डिके ढुंगानाले जानकारी दिए। प्रस्तावित विधेयकमा ५ वर्षभित्र शैक्षिक गुठीको रूपमा जानुपर्ने व्यवस्था राखिएको छ।

सो विषयलाई लिएर निजी विद्यालय सञ्चालकहरूले आन्दोलन थालेका हुन्। विद्यालय बन्दको घोषणा अघि नै सरकारले लिखित प्रतिवद्धता जनाए आन्दोलनको कार्यक्रम फिर्ता लिन सकिने उनीहरुको भनाइ छ।

ट्रेन्डिङ ( साप्ताहिक )