Logo
१६ वैशाख २०८१, आईतबार

नेपाली हजार दरका नक्कली नोटसहित ३ जना काठमाडौंमा पक्राउ

अक्षरपाटी
२०८० साउन २५ , बिहीबार ०४:०८ मा प्रकाशित

काठमाडौं २४ साउन। काठमाडौंको तारकेश्वर नगरपालिका ५ गोलढुङ्गाबाट तीन जनालाई नक्कली नोटसहित पक्राउ गरिएको छ।

गोलढुंगाको नगिनी खोला नजिकैबाट मंगलबार साँझ सशस्त्र प्रहरी बलले नक्कली नोटसहित ३ जनालाई नियन्त्रणमा लिएको हो।

स्थानीय हिम्मत बमको घरको भुइँतलामा भाडामा बस्ने खोटाङ दिप्रुङ गाउँपालिका ५ का लक्ष्मी पाण्डे, लमजुङ दोर्दी गाउँपालिका २ का सुवास गुरुङ र रामेछाप गोकुल गंगा गाउँपालीका १ का मदन दमाई नक्कली नोटसहित पक्राउ परेका हुन्।

उनीहरुको कोठाबाट नेपाली रूपैयाँ एक हजार दरका १ सय ८२ थान नक्कली नोट र नोट बनाउन प्रयोग हुने कागज २ सय थान बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ।

उनीहरुबाट मोबाइल ४ थान, सिमकार्ड १० थान र २२० सीसीको बा ६५ प ९०२७ नम्बरको पल्सर मोटरसाइकल समेत बरामद भएको छ। नोट छाप्न प्रयोग हुने मेसिन फेला नपरेकाले अन्यत्रबाट नक्कली नोट बनाएर त्यहाँ ल्याएर राखेको आशंका गरिएको छ।

उनीहरुलाई बरामद सामानसहित थप कारवाहीका लागि स्थानीय प्रहरीलाई बुझाइएको छ।

नक्कली नोट पक्राउ