Logo
५ जेठ २०८१, शनिबार

एसिया कप क्रिकेट : आज पाकिस्तान र बंगलादेश खेल्दै

अक्षरपाटी
२०८० भदौ २० , बुधबार १०:०९ मा प्रकाशित


काठमाण्डौ,२० भदौ । एसिया कप क्रिकेटमा आजदेखि सुपर फोरका खेल शुरु हुँदैछन् ।

आज हुने पहिलो खेलमा पाकिस्तान र बंगलादेश खेल्दैछन् । यो खेल लाहोरमा नेपाली समय अनुसार दिउँसो सवा ३ बजेदेखि शुरु हुनेछ ।

समूह ‘ए’ बाट पाकिस्तान शीर्ष र भारत दोस्रो स्थानमा तथा समूह ‘बी’ बाट श्रीलंका शीर्ष र बंगलादेश दोस्रो स्थानमा रहेर सुपर फोरमा पुगेका हुन् ।

हिजो भएको रोमाञ्चक खेलमा अफगानिस्तानलाई २ रनले हराउँदै श्रीलंका सुपर फोरमा पुग्यो । एसिया कपमा सहभागी ६ टोलीमध्ये नेपाल र अफगानिस्तान समूह चरणबाट बाहिरिएका छन् ।