Logo
५ जेठ २०८१, शनिबार

प्रकाश पुरी र सुनिता दुलालको गरिबको दशैं

अक्षरपाटी
२०८० असोज ६ , शनिबार ०६:०९ मा प्रकाशित

काठमाडौं, ६ असोज। तिज सकिए लगत्तै नेपाली गायक गायिकाहरु दशैं तिहार गीतको सृजनामा व्यस्त छन्।

यसै क्रममा यही छेकोमा गायक प्रकाश पुरीले यो दशैंलाई लक्षित गरेर नयाँ लोक दोहोरी दशैं गीत ‘गरिबको दशैं’ बजारमा आएका छन्। उनले यो गीतको भिडियो शुभसाईत म्युजिक युट्युव च्यानलबाट रिलिज गरेका छन्।

यो गीतमा गायक प्रकाश पुरीलाई गायिका सुनिता दुलालले स्वरमा साथ दिएकी छिन्। प्रकाश र सुनिताको स्वरमा यो गीत निकै कर्णप्रिय बनेको छ। गीतमा गरिबहरुको दशैं कस्तो हुन्छ भन्ने व्याथा व्यक्त गरिएको छ।

दशैं पर्व गरिबहरुका लागि दशा बन्ने गरेकोले सो पीडालाई यो गीतमा उतारेको गायक प्रकाश पुरीले बताएका छन्। गीतमा प्रकाशकै शब्द, रेशम थापाको थेगो तथा संगीत रहेको छ। गीतलाई आरके मिलनले संगीत संयोजन, खड्ग बाजुरालीको मिक्सिङ र मास्टरिङ रहेको छ।

यो दशैं गीतको भिडियो निरेन श्रेष्ठले निर्देशन गरेका हुन्। आर्थिक अभावका कारण दशैंमा एक दम्पत्तिले भोग्नु परेको पीडालाई निरेनले यो गीतको भिडियोमा दर्शाएका छन्।

यो गीतको भिडियोमा जुना गुरुङ, राजन पुरी, रमेश श्रेष्ठ, राज गिरी, अनुषा गिरी, शर्मिला श्रेष्ठ बलामी र देवकी गिरीको अभिनय रहेको छ।

विष्णु खड्काले सम्पादन गरेको यो गीतको भिडियोमा राम केसीको छायाँकन, कविन्द्र खड्काको सृँगार रहेको छ। भिडियोलाई रोयल मुभिज प्रालीले उत्पादन गरेको हो।