Logo
२५ वैशाख २०८१, मंगलबार

धार्मिक तनाव बढेपछि नेपालगञ्जमा कर्फ्यु आदेश जारी

अक्षरपाटी
२०८० असोज १६ , मंगलबार ०१:१० मा प्रकाशित

हिन्दु र मुस्लिम समुदायबीच तनाव बढेपछि नेपालगन्जमा अनिश्चितकालीन कर्फ्यु लागेको छ ।

ओमकार परिवारले निकालेको शान्तिपूर्ण प्रदर्शनमा सिसा प्रहार भएपछि भिड तितरबितर भई धार्मिक दंगाको स्थिति उत्पन्न हुँदा जिल्ला प्रशासन कार्यालय बाँकेले कर्फ्यु लगाएको हो ।

मोहम्मद डेको दिन नरैनापुरका एक युवाले सामाजिक सञ्जालमा इस्लाम समुदायप्रति जथाभावी लेखेपछि बाँकेमा धार्मिक तनाव बढेको थियो । आइतबार मुस्लिम समुदायले निकालेको र्‍यालीले उग्र रूप लिएपछि अर्को समूह उत्तेजित भएको थियो ।