Logo
२० वैशाख २०८१, बिहीबार

महिनौं पछि खुल्दै छन् तमानखोलाका सडक

अक्षरपाटी
२०८० असोज २३ , मंगलबार ०५:१० मा प्रकाशित


बागलुङ । बर्खा सकिएसंगै तमानखोला गाउँपालिकाले बन्द सडक खोल्न थालेको छ ।
मोटेरेबल पुल नभएका कारण महिनौं बन्द भएका सडक पालिकाले ‘सडक मर्मत तथा संम्भार’ शिर्षकमा बजेट बिनियोजन गरेर खोल्न लागेको हो ।

सोही अन्तर्गत गाउँपालिका वडा नं ५ ले सडक मर्मत तथा सम्भारको काम क्लब र आमा समुहलाई दिएको छ।
वर्षाका कारण अबरुद्ध भएको सडक पुनः संचालनमा ल्याउनको लागि घाट निर्माण र सडक मर्मतको योजना वडा भित्रकै क्लब र आमा समुहलाइ दिएको हो ।

पालीकाबाट सडक मर्मत तथा संम्भार शिर्षकमा बिनियोजित ५ लाख ५० हजार रकम वडा भित्रका क्लबहरु र आमा समुहहरुलाइ सामाजिक कार्यमा सक्रिय बनाउने उदेश्यले सडक मर्मत तथा संम्भारका जिम्मेवारी लागी क्लब र वडा अध्यक्ष हिराबहादुर बि.क. ले बताए ।
उनले भने ” योजनाको जिम्मेवारी ब्यक्तिलाई दिंदा काम पनि भनेको जस्तो राम्रो नहुने, पार्दशीता पनि नदेखिने भएपछी सामाजिक दायित्वबोध हुने हिसाबले योजनाहरु क्लब र आमा समुहलाई दिइएको हो ।”

तमानखोला गाउँपालिकामा मोटेरेबल पुल नबन्दा खुंखानी, नर्जा, थास्पुरी, का स्थानीयले बढी समस्या झेल्दै आएका छन । ।