Logo
२१ वैशाख २०८१, शुक्रबार

सेयर बजारमा दोहोरो अंकले गिरावट, २२ स्टकको मात्रै मूल्य बढयो

अक्षरपाटी
२०८० असोज २९ , सोमबार ०४:१० मा प्रकाशित

काठमाडौं,२९ असोज । सेयर बजारमा दोहोरो अंकले गिरावट आएको छ। नेप्से परिसूचक २३।१६ अंकले घटेर १८५१।४३ विन्दुमा पुगेको हो। नेप्से दोहोरो अंकले घटेसँगै १३ वटै उपसमूहको सूचक नकारात्मक देखिएका छन्।

होटल्स एन्ड टुरिजम र हाइड्रो उपसमूहको सूचक २ प्रतिशतले बढीले घट्यो। फाइनान्स,इन्भेस्टमेन्ट,माइक्रो फाइनान्स, म्युचुअय फण्डको सेयर मूल्य १ प्रतिशत बढीले ओरालो लाग्यो।

यसदिन २८४ स्क्रिप्टको ४८ लाख ३७ हजार ८९३ कित्ता सेयर १ अर्ब २५ करोड ३२ लाख ९१ हजार ७० रुपैयाँमा किनबेच भए। यो साताको पहिलो कारोबार दिन आज २८४ स्टकको कारोबार हुँदा २२ स्टकको मात्रै मूल्य बढेको छ। ३ स्टकको मूल्य स्थिर रह्यो।

कारोबार रकमका आधारमा यसदिन प्रभु बैंकको संस्थापक सेयर शीर्षस्थानमा रह्यो। सो बैंकको ६ करोड २४ लाख मूल्य बराबरको सेयर कारोबार भयो। यसैगरी हाथवे इन्भेष्टमेन्टको ५ करोड बढीको सेयर खरिदबिक्री भयो।

आज सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको सेयर मूल्य सर्वाधिक ७।८७ प्रतिशतले बढ्यो। सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ को इकाइ मूल्य ७ प्रतिशत ३१ प्रतिशत,सुपर माइ हाइड्रोपावर ४।०४,कालिञ्चोक दर्शनको ३।९७ र सनराइज फोक्स्ड इक्वीटी फण्डको ३।८५ प्रतिशतले सेयर बढेर शीर्ष पाँचभित्र परे।

आज दुईवटा स्टकको सेयर नकारात्मक सर्किट लेभलमा कारोबार भयो। सयपत्री हाइड्रोपावर र हाथवे इन्भेस्टमेन्टको सेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।