Logo
२३ वैशाख २०८१, आईतबार

मिलन र सन्तोषको ‘किन रुन्छ यो दिल’

अक्षरपाटी
२०८० पुस २५ , बुधबार ०१:०१ मा प्रकाशित

काठमाडौं । गायिका मिलन नेवार र गायक सन्तोष कालिकोटेको स्वरमा ‘किन रुन्छ यो दिल’ गीतको भिडियो सार्वजनिक भएको छ।

सुजनबाबु गुरुङको शब्द तथा संगीत र जीवन बडुको एरेञ्ज रहेको उक्त गीतको भिडियो सार्वजनिक भएको हो।

भिडियोमा अनिल कटवाल र पुजन घिमिरेको असफल प्रेमकथालाई देखाइएको छ। नेपाली युवा जमातमा भएको पछिल्लो समयको बेरोजगारीको कारण बिदेशिनु पर्ने वाध्यता तथा विभिन्न भ्रमका कारण हुने मनमुटावले असफल पार्ने प्रेमकथालाई भिडियोको विषय बनाइएको छ।

कथा अनुसार अनिल पुजनले अभिनयमा मेहनत गरेको देखिन्छ।

भिडियोमा बलराम परियार, बिमला लामा र सरोज तिमल्सिनाको समेत सह भूमिका छ। विजय लामाको टिमले खिचेको भिडियोको सम्पादन अमृत चापागाईंले गरेका छन् भने धनबहादुर लामा (सागर)ले निर्देशन गरेका छन्।