Logo
१५ वैशाख २०८१, शनिबार

तमानखोला गाउँपालिकाको कार्यालयमा पुनः तालाबन्दी,गाउँपालिका भन्छ: गलत प्रचार भयो

अक्षरपाटी
२०८० माघ ८ , सोमबार ०८:०१ मा प्रकाशित

बागलुङको तमानखोला गाउँपालिकाको कार्यालयमा पुनः ताला लगाइएको छ । तीन दलको सक्रियतामा बिरोध प्रदर्शन गर्दै तालाबन्दी गरिएको हो ।

बागलुङ बजारमा बन्दै गरेको विपी स्मृति भवनका लागि गाउँपालिकाले १४ लाख रकम विनियोजन गरेपछि असहमति जनाउँदै तीन दल नेकपा एमाले, नेकपा माओवादी र राष्ट्रिय जनमोर्चा गाउँ कमिटीले गरेको प्रदर्शनमा नेता, कार्यकर्ता सहित २ सय भन्दा बढी सर्वसाधारण पनि सहभागी भएका थिए ।

प्रदर्शन बोङ्गादोभानको विच सडकमा कोण सभामा परिणत भएको हो । कोणसभामा बोल्दै तमानखोला वडा नं: ४ का वडा अध्यक्ष छवि श्रीपालीले गाउँपालिका अध्यक्ष जोकलाल बुढाले निरंकुश शासनको झल्को दिने काम गरेको बताएका छन् । जबसम्म सहजरूपमा वार्ता हुदैन तबसम्म ताला नखोल्ने उनले बताए ।
” विपक्ष दलका जनप्रतिनिधि ले १४ छुट्याइएको प्रती आपत्ती जनएपछी बहुमतको दम्भ देखाएर हामीलाइ कार्यपालिका बैठकबाट बाहिरिनुस भनेर हामीलाई निकालेर बहुमतले ताली पिटेर बजेट पास गर्नुभयो । विपक्ष दलका जनप्रतिनिधिहरु बैठकमा अनुपस्थित थिए भन्ने अफवाह फैलाउनु भयो ।” यस्तो खालको प्रपन्च रचेर निरंकुश शासनको झल्को दिएको उनले बताएका छन् ।
त्यस्तै देव पुनले अध्यक्ष बुढालाई श्री पाँचको संज्ञा दिएका छन । महंगो कर तिराएर जनताको भाग काटेर पार्टीको नाममा बजेट बिनियोजन गरेको भन्दै खेद व्यक्त गरेका छन् । उनले भने’ आयोजना अलपत्र छन । जनताको दु:ख ज्युँ का त्युँ छन । जनताको नजिकको सरकार भएर जनताको काम गर्नु त कहाँ हो कहाँ पार्टीको भवन बनाउन बजेट बिनियोजन गर्ने? बहुमतको दम्भमा आफुलाई जे मन लाग्छ त्यही गर्ने श्री पाँच हुन । यो रकम फिर्ता हुनपर्छ । यदि अटेरी भयो भने हामीले यो प्रदर्शनलाई अझ चर्काउदै जाने छौं।”
कोणसभामा बोल्दै उदिम बहादुर छन्त्यालले तमानखोलामा कहि नभएको जात्रा हाडी गाउँमा भन्ने उखान मेल खाएको बताएका छन्। यदि यो निर्णय सच्चिएन भने यस्तो परिणाम नराम्रो हुने पनि बताए ।
उता पालीका अध्यक्ष बुढाले बिज्ञप्ती जारी गर्दै जनताको नजरमा भ्रम फैलाउने, सामाजिक सद्भाव खल्बलाउने काम गरेको बताएका छन । १४ लाख बजेट बाग्लुङ बजारमा नभएर तमानखोला गाउँपालीकाकै लागि भएको बिज्ञप्तीमा उल्लेख गरेका छन् ।