Logo
२३ भदौ २०८३, मंगलबार

अन्जु पन्तको ‘अधुरो सपना २’ सार्वजनिक

अक्षरपाटी
२०८० पुस १८ , बुधबार ०९:०१ मा प्रकाशित

काठमाडौं। गीतकार रीमा श्रेष्ठको नयाँ गीतको म्युजिक भिडियो बजारमा आएको छ।

उनको शब्द सृजना रहेको ‘अधुरो सपनाु अत्याधिक सफलतापछि ‘अधुरो सपना २’ गीतको भिडियो रिलिज गरिएको छ।

तीन दशकदेखि अमेरिकामा बस्दै आएकी आईटी इन्जिनियरसमेत रहेकी रीमाको शब्दमा तयार गरिएको गीतमा गायिका अन्जु पन्तको स्वर छ।

अम्बर तुम्बापो सुब्बाको संगीत र रिदम कँडेलको एरेन्ज रहेको उक्त गीतले प्रेम गाथाको कथालाई उठाएको छ।

माया हेराई भोगाई जस्तै महशुस पनि हो भन्ने कुरालाई नजिकबाट केलाइएको ‘अधुरो सपना २’ बोलको गीतको भिडियो देख्न सकिन्छ।

यस गीतको निर्माता कुशल गुरुङ हुन्। दिक्पाल कार्की र शिला गजुरेलको अभिनय रहेको गीतको भिडियोको निर्देशन सोनम पाखरिनले गरेका हुन्। उक्त गीतको छायांकन दिनेश पराजुलीले गरेका हुन् भने सम्पादन बिकाश दाहालले गरेका हुन्।