Logo
२२ वैशाख २०८१, शनिबार

‘गोरी तोरे प्यारमे’ म्युजिक भिडियो बजारमा

अक्षरपाटी
२०८० पुस १९ , बिहीबार १०:०१ मा प्रकाशित

काठमाडौं । थारु भाषाको गीत ‘गोरी तोरे प्यारमे’ म्युजिक भिडियो सार्वजानिक भएको छ।

गायिका अन्नु चौधरी र विवेक चौधरीको स्वरमा गीत तयार पारिएको हो। यस गीतमा शब्द, संगीत गायक चौधरीको रहेको छ। गीतलाई सुरज श्रेष्ठले संगीत संयोजन गरेका हुन्।

नेपालको हरेक युवा, हरेक गाउँको कथा समेटिएको म्युजिक भिडियोमा लोकेन्द्र राज चौधरी र दिपिका चौधरी बीचको अन्स्क्रिन प्रेम र रोमान्स देख्न सकिन्छ।

‘सेबिल इन्टरटेनमेनट’का प्रबन्धक समेत रहेका लोकेन्द्र राज चौधरीले यसै म्युजिक भिडियो मार्फत फेरी थारु फिल्म क्षेत्रमा फर्किएका छन्।

रमेश चौधरीको छायाँकन र सम्पादन रहेको यस गीतको भिडियोलाई रजनिस चौधरीको निर्देशनमा तयार पारिएको हो।