Logo
१५ वैशाख २०८१, शनिबार

एक अर्काको पर्याय : आलु र लाम्मेला

अक्षरपाटी
२०८० माघ १८ , बिहीबार ०४:०२ मा प्रकाशित


बाग्लुङ । तमानखोला गाउँपालिकामा ६ वटा वडा छन् । यी सबै वडाका आ-आफ्नै विशेषता छन् । त्यो मध्ये वडा नम्बर ४ मा पर्छ लाम्मेला गाउँ ! भूगोलको हिसाबले सानो तर स्थानीय उत्पादन, सीप र कलामा अब्बल मानिन्छ । प्राचीन समयमा यो गाउँमा विभिन्न मेला( गौचरन)हरु थिए । त्यस्तै गाउँको बिचमा लामो मेला थियो । त्यही लामो मेला पछि अपभ्रंस भएर गाउँको नाम नै लाम्मेला रहन गएको स्थानीय तुलसिंह श्रीपालीले बाताए । ‘त्यो समयमा गजिङमेला खर्सेमेला र लामोमेला गरेर यहाँ थुप्रै मेलाहरु थिए । गाउँको विचमा भाटी नाम गरेको टोल अझैपनि छ । त्यही एउटा लामो मेला थियो । हो त्यही मेलालाई लामोमेला भन्दा भन्दै लाम्मेला भएको हो ।’ उनले भने


लाम्मेला उत्पादनको संगै, यहाँको कला संस्कृती र पर्यटकीय रुपले पनि चर्चित छ।

यहाँ मनग्गे रुपमा आलु उत्पादन हुन्छ । अझ भनौं लाम्मेला आलु उत्पादनको पकेट क्षेत्र हो । उचित प्रचार नहुँदा यो क्षेत्र र यहाँका किसान ओझेलमा परेका छन् । यो वर्ष लाम्मेलाका किसानले २ करोड बराबरको आलु बिक्री गरेको यहाँका वडा अध्यक्ष छवी श्रीपालीले बताए । अहिले लाम्मेलामा धमाधम आलुखेति तयार गर्ने काम भैराखेको छ।

लाम्मेलामा एउटै परिवारले आलु बेचेर १ लाख ५० हजरसम्म आम्दानी गरेका छन्। समान्य आलु उत्पादन गर्ने परिवारले पनि ३० देखि ४० हजार सम्मको आम्दानी गरेका छन् । आलु जति बिक्री हुनुपर्ने हो बजार व्यवस्थापन अभावले नभएको आलु किसानको गुनासो छ । किसानको घरमा आलु रोप्ने बेला सम्म बिक्री नभएर आलु थन्केर बसेको चन्द्र प्राकाश श्रीपालीले बताए। ‘लाम्मेलाको आलु धेरै बिक्री हुनुको कारण चिसो माटोमा उत्पादन र खादा स्वादिलो भएरै हो । अहिले पनि आलु राम्रो उत्पादन भएर किसान हौसिएका छन । उत्पादन पछि बजार नपाए किसान निरुत्साहित हुने संभावना धेरै छ ।’


आलु लाम्मेलाको पर्याय हो । आलु बेचेरै आफ्नो परिवार ढुक्कले पाल्न सकिन्छ भन्ने विस्वास किसानमा पलाएको बेला उनीहरुलाई प्रोत्साहन र बजार व्यवस्थापनमा वडा र पालिकाले महत्वपूर्ण भुमिका खेलोस् ।