Logo
२३ वैशाख २०८१, आईतबार

राष्ट्रिय झण्डा ओढाएर प्रचण्ड र ओलीले दिए वरिष्ठ गायक तथा संगीतकार आचार्यलाई श्रद्धाञ्जली

अक्षरपाटी
२०८० फागुन १५ , मंगलबार ०२:०२ मा प्रकाशित

काठमाडौं,१५ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । सोमबार निधन भएका आचार्यको शव अन्तिम श्रद्धाञ्जलीका लागि नक्सालस्थित नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा राखिएको छ ।

प्रधानमन्त्री प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नक्साल पुगेर आचार्यलाई श्रद्धाञ्जली व्यक्त गरेका हुन् । आचार्यको पार्थिव शरिरमा प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय झण्डा ओढाएर सम्मान व्यक्त गरे ।

आचार्यप्रति श्रद्धाञ्जली व्यक्त गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती, नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजाल पनि पुगेका थिए ।