Logo
२२ वैशाख २०८१, शनिबार

बिशिष्ट चलचित्रकर्मी सम्मानित

अक्षरपाटी
२०८० फागुन १९ , शनिबार ०४:०३ मा प्रकाशित

काठमाडौं । इन्टरनेशनल नेटवर्क अफ नेपाली फिल्म मेकर्स (आइएनएनएफ) ले पाँच दशक लामो समय नेपाली चलचित्र कलाको क्षेत्रमा योगदान गरेका पाँच बिशिष्ट कलाकर्मीलाई ‘चलचित्र स्वर्णिम सम्मान–०८०’ बाट सम्मानीत गरेको छ ।

आइएनएनएफले राजधानीमा गरेको प्रथम साधारण सभाको अबसरमा पाँच पुराना चलचित्रकर्मी नीर शाह,उद्धव पौडेल, भुवन चन्द, मुकुन्दकिशोर भट्टराई र नरेन्द्र खड्कालाई अनवतर योगदानको कदर स्वरुप सम्मान गरेको हो।

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको प्रमुख आथित्यतामा आयोजित कार्यक्रममा पाँच चलचित्रकर्मीलाई ‘चलचित्र बिशेष ब्यक्तित्व सम्मान–०८०’ बाट बिभूषित गरियो।

चलचित्र बिशेष ब्यक्तित्व सम्मान पाउनेमा अभिनेता, निर्देशक रमेश बुढाथोकी, अभिनेत्री गौरी मल्ल र करिश्मा मान्नधर, अभिनेता रबिन्द्र खड्का र निर्माता तथा चलचित्र बिकास बोर्डका पूर्व अध्यक्ष राजकुमार राई थिए।

कार्यक्रममा संस्थाको नयाँ कार्यसमिति चयन गरिएको छ । लव प्याकुरेल अध्यक्ष रहेको केन्द्रिय कार्यसमितिमा प्रदीपलाल श्रेष्ठ, मानबहादुर थापा र लक्ष्मण सुवेदी उपाध्यक्ष, रमेश कोइराला महासचिव, भीष्मराज फुलारा सचिव, ठण्डबहादुर अधिकारी कोषाध्यक्ष छन् ।

त्यसैगरी कार्यसमिति सदस्यमा राधेश्याम बिश्वकर्मा, गणेश सुवेदी, बिनोद चौलागाईँ र मधुर अधिकारी निर्वाचित भएका छन्।