Logo
३० असोज २०८१, बुधबार

बालुवाटारमा संवैधानिक परिषद्को बैठक जारी

अक्षरपाटी
२०८० चैत्र १८ , आईतबार ०९:०३ मा प्रकाशित

काठमाडौं,१८ चैत । संवैधानिक परिषद्को बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुरू भएको छ । बैठक आइतवार बिहान ९ बजेपछि शुरू भएको हो ।

बैठकमा रिक्त रहेका संवैधानिक पदमा नियुक्तिबारे छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

नियुक्तिकै विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शनिवार विपक्षी दलका नेता शेरबहादुर देउवा र सत्ता साझेदार दलका नेता नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका थिए ।


उक्त छलफल सकारात्मक बनेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।

प्रधानमन्त्रीको नेतृत्वमा हुने संवैधानिक परिषद्मा प्रमुख विपक्षी दलको नेता, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभाका अध्यक्ष र उपसभामुख सदस्य रहने व्यवस्था रहेको छ ।

प्रधानमन्त्री प्रचण्डले संवैधानिक परिषद् बैठकको अध्यक्षता गरिरहेका छन् । बैठकमा प्रमुख विपक्षी दलका नेता नेपाली कांग्रेसका सभापति देउवासहित सबै सदस्य सहभागी छन् ।

अहिले महालेखा परीक्षकसहित विभिन्न संवैधानिक निकायमा पद रिक्त रहेको अवस्था छ ।