Logo
१९ वैशाख २०८१, बुधबार

नाउपाकै कैलाश चौधरीले पनि गरे मुख्यमन्त्रीमा दाबी

अक्षरपाटी
२०८१ वैशाख २ , आईतबार ०५:०४ मा प्रकाशित

धनगढी,२ बैशाख । सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्रीमा नागरिक उन्मुक्ति पार्टी (नाउपा) का अर्का सांसद कैलाश चौधरीले पनि दाबी पेस गरेका छन् ।

यसअघि नाउपाकै अर्का नेता लक्ष्मणकिशोर चौधरीले दाबी पेस गरिसकेका छन् । कैलाशले एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्तिको आफूसहित अर्को एकजना सांसद र एउटा स्वतन्त्र सांसदको समर्थनमा दाबी पेस गरेका हुन् ।

यसअघि लक्ष्मणले कांग्रेस र एकीकृत समाजवादीको समर्थनमा दाबी पेस गरेका छन् । उनले कांग्रेसका १८, नागरिक उन्मुक्ति पार्टीका ६, एकीकृत समाजवादीका ४ र राप्रपाका एक सांसद गरी बहुमत सांसदको समर्थन रहेको बताएका थिए ।

सुदूरपश्चिममा कांग्रेसका १८, माओवादीका ११, एमालेका १०, नागरिक उन्मुक्तिका सात, एकीकृत समाजवादीका चार, राप्रपाका एक तथा एक स्वतन्त्र प्रदेश सभा सदस्य रहेका छन् ।

सुदूरपश्चिम