Logo
२३ भदौ २०८२, सोमबार

टी-सिरिजलाई उछिन्दै मिस्टर बिस्ट बने नम्बर १

अक्षरपाटी
२०८१ जेठ २० , आईतबार १२:०६ मा प्रकाशित

काठमाडौं,२० जेठ । ‘मिस्टर बिस्ट’ नामक च्यानल विश्वमा सर्वाधिक धेरै पछ्याइने युट्युब च्यानल बनेको छ। अमेरिकी युट्युबर जिम्मी डोनाल्सनको यो च्यानललाई २६ करोड ६९ लाखभन्दा बढीले सब्सक्राइब गरेका छन्।

भारतीय म्युजिक कम्पनी टी-सिरिजको च्यानल दोस्रो स्थानमा झरेको छ। टी-सिरिज च्यानलका २६ करोड ६७ लाख सब्सक्राइबर छन्। यसअघि टी-सिरिज पहिलो नम्बरमा थियो।

मनोरञ्जनात्मक भिडियो सामग्री र दर्शकसँग निरन्तर जोडिएका कारणले पछिल्लो समय मिस्टर बिस्टलाई पछ्याउनेको संख्या ह्वात्तै बढेको अनुमान छ। उनको छुट्टै परोपकारी च्यानल पनि छ।

नेपालमा समेत मिस्टर बिस्टका प्रशंसक ठूलो संख्यामा छन्। हालैमात्र मिस्टर बिस्टको एक समूह सिन्धुपाल्चोक आएर अस्पताल निर्माण गरेको थियो।