Logo
८ साउन २०८१, मंगलबार

टीकापुर घटना घटाउनेको नाम सार्वजनिक गर्ने बेला भयो : रेशम चौधरी

अक्षरपाटी
२०८१ जेठ ३० , बुधबार ०४:०६ मा प्रकाशित

काठमाडौं, ३० जेठ । नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीले टीकापुर घटनामा जबरजस्ती दोषी बनाइएका थारुहरुलाई उचित क्षतिपूर्तिसहित राज्यले माफी माग्नुपर्ने बताएका छन् ।

नेपाल समाजवादी पार्टीको स्थापना दिवसका अवसरमा बुधबार आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले घाइतेलाई रिक्सामा हालेर अस्पताल पुर्‍याउनु अपराध हो ? भन्दै प्रश्न गरे ।

उनले टीकापुर घटना गराउनेको नाम सार्वजनिक गर्ने बेला भइसकेको बताए । उनले कसले घटना गरायो भन्ने कुरा लाल आयोगलाई सोध्न आग्रह गरे ।

चौधरीले साढे १० हजार जनप्रतिनिधि र १ लाख ३९ हजार थारुहरु जम्मा भएको नागरिक उन्मुक्तिको महाधिवेशनलाई निर्वाचन आयोगले अवैध ठहर गर्नु दुःखको कुरा भएको बताए ।

उनले अहिलेको शासन पद्धतिबाट आफूहरु आजित भएको बताए ।