Logo
६ पुस २०८१, शनिबार

बेहडाबाबा मन्दीरमा गंगादशहरा मेला भर्ने श्रद्धालु भक्तजनको घुईचो

अक्षरपाटी
२०८१ असार २ , आईतबार ११:०६ मा प्रकाशित

धनगढी, २ असार । धनगढी उपमहानगरपालिका वडा नम्बर १६ रामपुरमा रहेको धार्मिक तथा पर्यटकिय स्थल बेहडाबाबा मन्दीरमा गंगादशहरा मेलामा श्रद्धालु भक्तजनको घुइँचो लागेको छ। गंगादशहरा मेला भर्न भारतका विभिन्न स्थानबाट आउने भक्तजनको उल्लेख्य सहभागिता देखिएको छ। मनोआकांक्षा पुरा हुने जनविश्वासमा हरेक वर्ष बेहडाबाबामा लाग्ने गंगादशहरा मेलामा दर्शन गर्न आउने गरेको श्रद्धालु भक्तजनहरु बताउछन्।

शनिवारबाट सुरु भएको गंगादशहरा मेलामा प्रदेश ७ र नेपालका अन्य जिल्ला सहित भारतका विभिन्न स्थानबाट मेला भर्न हजारौँको संख्यामा श्रद्धालु भक्तजन बेहडाबाबा आइरहेका छन् । शताब्दी पहिले एक गोठालाले बेहडाबाबा मन्दीरमा शिवलिङ् भेटाएको र पछि उनीहरुले नै त्यसलाई कुण्डको रुपमा पुजन गर्न थालेको धार्मिक किवंदन्ती रहेको छ।