Logo
८ साउन २०८१, मंगलबार

बाँदरले खायो ३५ लाख भारुको चिनी

अक्षरपाटी
२०८१ असार ३ , सोमबार ०३:०६ मा प्रकाशित


नयाँ दिल्ली,०३ असार । भारतको उत्तर प्रदेशमा बाँदरहरूले ३५ लाख भारुको चिनी खाएर सकेका छन् । राज्यको अलीगढ सहरमा रहेको साथा चिनी मिलमा १ हजार १०० क्विन्टल चिनी घोटाला भएको बारेला सार्वजनिक भयो ।

करिब ३५ लाख भारु मूल्य पर्ने सो परिमाणको चिनी बाँदरले खाएको बताइएको छ । सो चिनी मिल २६ महिनादेखि बन्द थियो । यो मामिलामा जाँच रिपोर्ट आएपछि गोदाम किपरसहित दुई जनामाथि मुद्दा दर्ता भएको छ ।

यस घटनामा चिनी मिलका प्रबन्धक, लेखा अधिकारीसहित ६ जना दोषी पाइएको छ ।

चिनी मिलको गोदाम घरको शटर फुटेको थियो । गोदाम घरको छतबाट पनि पानी चुहिन्थ्यो । बाँदरहरूले चोरेर खाँदा र छतबाट पानी चुहिएर चिनी पग्लिँदा ५२८ क्लिन्टलसम्म चिनी घटेको चिनी मिलका स्टोर किपरले बताएका छन् ।

तर अडिट रिपोर्टमा १ हजार १०० क्विन्टल चिनी कम देखाइएको छ । यी चिनी सबै बाँदरले खाएको भनेर उल्लेख गरिएको छ । चिनी मिल रहेको ठाउँमा बाँदरको आतंक अति नै हुने गरेको छ ।

सन् २०२० यता सो चिनी मिलमा चिनीको उत्पादन ठप्प रहेको मिलका सुरक्षा गार्ड र अन्य कर्मचारीले बताएका छन् । तर यति ठुलो परिमाणमा चिनी बाँदरले खान नसक्ने उनीहरूको भनाई छ ।