Logo
८ साउन २०८१, मंगलबार

फ्राइडे रिलिज : ‘दान्भी’ र ‘आचार्य’

अक्षरपाटी
२०८१ असार ७ , शुक्रबार ११:०६ मा प्रकाशित

काठमाडौं,७ असार । फ्राइडे रिलिज अन्तर्गत आजबाट नेपाली फिल्म दान्भी र आचार्य प्रदर्शनमा आएका छन्।

रूपेश तामाङको निर्देशन रहेको दान्भी मा अभिनेत्री पूजा शर्माको मुख्य अभिनय छ।

पूजाले यसमा पहिलोपटक एक्सन भूमिमा निर्वाह गरेकी छन्।

उनीसँगै कुन्साङ बम्जन, किरण श्रेष्ठ, मोनालिसा खतिवडा, राजाराम पौडेल, कालु राणा, सीता तामाङ लगायत कलाकारको अभिनय छ। यो फिल्मले उत्साहजनक शो पाएको छ।

त्यस्तै प्रशान्त रसाइलीको निर्देशनमा बनेको आचार्य भजन शिरोमणि भक्तराज आचार्यको बायोपिक फिल्म हो। यसमा भक्तराजका जेठा छोरा गायक सत्यराज आचार्यको मुख्य अभिनय छ। साथमा अरूणा कार्की, सुनील पोखरेल, सौगात मल्ल, दयाहाङ राई, विपीन कार्की लगायतको अभिनय छ।

रोशन राई निर्माता रहेको यो फिल्म रि–रिलिज गरिएको हो। यो फिल्मले भने निकै न्यून शो पाएको छ।

फिल्म यसअघि १३ वर्ष अगाडि रिलिज भएको थियो।