जनकपुरधाम,२० असार । धनुषामा पोखरीमा डुबेर तीन बालिकाको मृत्यु भएको छ।
धनुषाको धनौजी गाउँपालिका– ५ बअुहर्वाको एक सार्वजनिक पोखरीमा डुबेर १० देखि १२ वर्ष उमेरका तीन बालिकाको मृत्यु भएको हो।
मृत्यु हुनेमा मुस्कान खातुन, जिनत खातुन र अजमेरी खातुन रहेको धनुषाका प्रहरी प्रवक्ता डीएसपी रञ्जन अवाले जानकारी दिए।
उनका अनुसार बिहीबार दिउँसो सवा १२ बजेतिर पोखरीमा बालिकाहरुलाई डुबिरहेको देखेपछि स्थानीयले उद्धार गरी उपचारका लागि जनकपुर प्रादेशिक अस्पताल ल्याउने क्रममा एकजनाको र दुईजनाको अस्पतालमा मृत्यु भएको हो।
उनीहरुको नुहाउने क्रममा डुबेको स्थानीय बासिन्दाले बताएका छन्। बालिकाहरुको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको र घटना विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।