Logo
२ माघ २०८१, बुधबार

फ्राईडे रिलिज : हलमा लागे ईश्वर, ब्ल्याक छाया र साउथ फिल्म ‘रायन’

अक्षरपाटी
२०८१ साउन ११ , शुक्रबार १२:०७ मा प्रकाशित

काठमाडौं,१० साउन । शुक्रबारदेखि दुई नेपाली र एक भारतीय फिल्म रिलिज भएका छन् । नेपाली फिल्म ‘ईश्वर’ र ‘ब्ल्याक छाया’ र दक्षिण भारतीय फिल्म ‘रायन’ प्रदर्शनमा आएका हुन् ।

राजु गिरी निर्देशित ‘ईश्वर’ प्रेम र विछोडको कथा हो । यसमा देशप्रेमको कथा पनि समेटिएको छ । सुनिल थापा, अनु शाह, बुद्धि तामाङ, रवीन्द्र झा, माओत्से गुरुङ र शिशिर बाङ्देलले यो फिल्ममा अभिनय गरेका छन् । फिल्मको रनटाइम १३४ मिनेट र पीजी सर्टिफिकेट छ ।

शुक्रबार नै रिलिज भएको अर्को नेपाली फिल्म ‘ब्ल्याक छाया’मा पारिवारिक, सामाजिक र प्रेमकथा समेटिएको छ । यसमा पनि कलाकारको भीड छ । यो फिल्म सीमित हलमा मात्र लागेको छ ।

आरएल लामा मोक्तान निर्देशित यो फिल्ममा जान्ह्वी बस्नेत, नीर शाह, बुद्धि तामाङ, सलोन बस्नेत, धीरेन शाक्य, शोभित बस्नेत, रवीन्द्र झा, सुनिल थापा लगायतको अभिनय छ ।

दक्षिण भारतीय फिल्म ‘रायन’को रनटाइम १४६ मिनेट छ । यो फिल्मलाई एडल्ट जनरामा राखिएको छ । धनुष निर्देशित फिल्ममा उनीसहित नित्य मेनन र प्रकाश राजको मुख्य भूमिका छ ।

क्रिमिनल अन्डरवर्ल्ड संसार देखाइएको यो फिल्म बदलाको कथामा आधारित छ । फिल्मलाई एक्सन ड्रामा जनरामा राखिएको छ ।