Logo
१८ असोज २०८१, शुक्रबार

अभिनेता विपीन कार्कीलाई मातृशोक

अक्षरपाटी
२०८१ भदौ ६ , बिहीबार १०:०८ मा प्रकाशित

काठमाडौं,६ भदौ । अभिनेता विपीन कार्कीलाई मातृशोक परेको छ। उनकी आमा सरस्वतीको ७२ वर्षको उमेरमा उपचारका क्रममा बिहीबार बिहान पाटन अस्पतालमा निधन भएको हो।

फोक्सोमा पानी जम्ने र मस्तिष्कमा समस्या देखिएपछि केही दिनदेखि पाटन अस्पतालको भेन्टिलेटरमा राखेर उनको उपचार भइरहेको थियो।

आज नै पशुपति आर्यघाटमा उनको दाहसंस्कार गरिने परिवारका सदस्यले जानकारी दिए। अभिनेता कार्कीको आज जन्मदिन पनि हो ।