Logo
२४ फागुन २०८२, आईतबार

चलचित्र ‘रावायण’ को गीत ‘करेजा निकरी’सार्वजनिक

अक्षरपाटी
२०८१ भदौ १८ , मंगलबार १२:०९ मा प्रकाशित

धनगढी । तीजको अवसरमा भदौ २१ मा प्रदर्शन हुने चलचित्र ‘रावायण’ को गीत ‘करेजा निकरी’ सार्वजनिक भएको छ। भोजपुरी भाषामा सार्वजनिक गीतको भिडियोमा पूर्वमिस नेपाल निकिता चाण्डक, पल शाह र प्रकाश शाहको नृत्य छ। निकिता फिल्मको यही गीतमा मात्र देखिनेछिन्।

तराईको मध्य मधेशको गाउँलाई सेटअप बनाएर छायांकन गरिएको गीतमा विक्रम स्वाँरको कोरियोग्राफी छ। गीतमा भारतीय गायिका सोनु कक्कड र समीर चौरासियाको स्वर छ।रेवन आरती सिंहको संगीत तथा प्रदीप श्रीवास्तवको शब्द रहेको छ।

फिल्मका निर्देशक सुदर्शन थापा हुन्। फिल्ममा पल शाह, पूजा शर्मा, प्रियंका कार्की, प्रमोद अग्रहरी, प्रकाश शाह, कैलाश रावल, अर्जुनजंग शाही, शर्मिला मल्ल, प्रदिप ढकाललगायत कलाकारको अभिनय छ।