Logo
२१ असोज २०८१, सोमबार

‘राष्ट्रिय सुप इन्टरटेन्मेन्ट म्युजिक अवार्ड २०८१’ को तेस्रो संस्करणको आवेदन खुल्ला

अक्षरपाटी
२०८१ भदौ २१ , शुक्रबार ११:०९ मा प्रकाशित

धनगढी। ‘राष्ट्रिय सुप इन्टरटेन्मेन्ट म्युजिक अवार्ड २०८१’ को तेस्रो संस्करणको आवेदन खुल्ला भएको छ । सुप इन्टरटेन्मेन्ट हाउस प्रा.लि. धनगढीको आयोजनामा तेस्रो म्युजिक अवार्ड कार्यक्रम गर्न लागिएको हो ।

सुदूरपश्चिममा २०७९ बाट सुप इन्टरटेन्मेन्ट म्युजिक अवार्ड शुरु गरिएको हो । देउडा, चौधरी, राना गीतहरु मध्येबाट बजारमा आएका गीत सङ्गीतका सर्जक, गायक र प्राविधिकहरुले उक्त अवार्ड कार्यक्रममा सहभागिता जनाउन पाउने सुप इन्टरटेन्मेन्ट हाउस प्रा.लि. का अध्यक्ष अनुप चन्द ठकुरीले जानकारी दिए ।

चौधरी मौलिक गीत, राना मौलिक गीत, देउडा मौलिक गीत, फ्युजन देउडा, लोक देउडा विधाहरु अवार्डको लागि छनौट हुनेछन भने अडियोतर्फ गीतकार, संगीतकार, एरेन्जर, गायक गायिका रहने उनले बताए । त्यस्तै भिडियो तर्फ मोडल (पुरुष), मोडल (महिला), छायांकार, सम्पादक र निर्देशक रहने छन् ।

तेस्रो सुप इन्टरटेन्मेन्ट म्युजिक अवार्ड २०८१ का लागि मनोनयन फाराम दर्ता यहि भदौ २५ गते राती १२ बजे सम्म खुल्ला रहेको अध्यक्ष ठकुरीले जानकारी दिए ।

बिधाहरु यसप्रकार रहेका छन ..