धनगढी । एन एमबि बैंक लिमिटेड धनगढी चौराहा शाखाले धनगढी उपमहानगरपालिका–३ को त्रिभुवन माध्यमिक विद्यालयलाई शैक्षिक सामग्री वितरण गरेको छ ।
आधारभूत तथा गुणस्तरीय शिक्षामा टेवा पु¥याउने उद्देश्यका साथ बैंकले उक्त खेल तथा शैक्षिकसामग्री वितरण गरेको हो ।
गुणस्तरीय शिक्षामा टेवा पुगोस भन्ने उद्देश्यले गरिएको उक्त कार्यक्रममा बैंकका शाखा प्रमुख गोकर्ण बहादुर कार्की र व्यवसाय विकास प्रबन्धक रानु तिवारीले ५० हजार मुल्य बराबरको खेल सामग्री र शैक्षिक सामग्री विद्यालयका प्रधानाध्यापक सीताराम अवस्थी र विद्यालयका अध्यक्ष शिवनारायण रानालाई हस्तान्तरण गरेका हुन्।
आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्य, शिक्षा, वातावरण लगायतका विभिन्न क्षेत्रमा सहयोग पु¥याउँदै आएको एन एमबि बैंकले आगामी दिनमा पनि यस्ता सेवामूलक र अझ प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।