Logo
७ जेठ २०८३, बिहीबार

शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा उपकुलपति र रजिस्ट्रारका लागि आवेदन आह्वान

अक्षरपाटी
२०८३ जेठ ७ , बिहीबार १०:०५ मा प्रकाशित

काठमाडौं । शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति तथा रजिस्ट्रार पदमा नियुक्तिका लागि आवेदन आह्वान गरिएको छ ।

उपकुलपति तथा रजिस्ट्रार पदमा नियुक्तिका लागि नाम सिफारिस गर्न गठित सिफारिस समितिले इच्छुक तथा योग्य नेपाली नागरिकबाट दरखास्त माग गरेको हो ।

समितिले २०८३ जेठ ५ गते स्वीकृत ‘शहीद दशरथ स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिस्ट्रार छनोट तथा सिफारिस सम्बन्धी कार्यविधि, २०८३’ बमोजिम आवेदन माग गरिएको जनाएको छ ।

सूचनाअनुसार इच्छुक उम्मेदवारले कार्यविधिको अनुसूची–१ मा उल्लेख गरिएको ढाँचाअनुसार सूचना पहिलो पटक प्रकाशित भएको मितिले १० दिनभित्र शिक्षा तथा खेलकुद मन्त्रालय, सिंहदरबारस्थित प्राविधिक शिक्षा शाखामा कार्यालय समयभित्र दरखास्त पेश गर्नुपर्नेछ ।

अन्तिम दिन सार्वजनिक बिदा परेमा त्यसपछिको पहिलो कार्यदिन कार्यालय समयभित्र आवेदन दिन सकिने समितिले जनाएको छ ।

सम्बन्धित कार्यविधि शिक्षा तथा खेलकुद मन्त्रालयको वेबसाइटमा उपलब्ध रहेको पनि मन्त्रालयले जनाएको छ ।

शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय

ट्रेन्डिङ ( साप्ताहिक )