Logo
२ कात्तिक २०८१, शुक्रबार

बहुमतले पारित भयो सुदूरपश्चिम प्रदेश सरकारको बजेट

अक्षरपाटी
२०८१ असोज ६ , आईतबार १२:०९ मा प्रकाशित

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको चालु आर्थिक वर्ष २०८१-८२ को बजेट बहुमतले पारित भएको छ ।

३१ भदौमा प्रदेशका आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले पेस गरेको ३१ अर्ब ६२ करोड बराबरको बजेट आइतबार प्रदेश सभाबाट बहुमतले पारित भएको हो ।

छलफलका क्रममा बजेटमा सत्तारूढ दलकै प्रदेश सभा सदस्यहरूले असन्तुष्टि जनाएका थिए तर आइतबार भने बजेट बहुमतले पारित भयो ।

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीका प्रदेश सभा सदस्यहरुले विपक्षमा मतदान गरे ।

सुदूरपश्चिम