Logo
२४ असोज २०८१, बिहीबार

सर्वोच्चले दिएन दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न आदेश

अक्षरपाटी
२०८१ असोज ८ , मंगलबार ०२:०९ मा प्रकाशित

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंको पक्राउविरुद्धको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ ।

प्रसाईंलाई गैरन्यायिक थुनामा राखिएको भन्दै उनका छोरा निराजनले रिट दायर गरेका थिए । सर्वोच्चका वरिष्ठतम् न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासले उनलाई थुनामुक्त गर्ने आदेश दिन अस्वीकार गर्दै कारण देखाऊ आदेश जारी गरेको छ ।

अमुक महिलाको चरित्रमा प्रश्न उठाउँदै दिएको अभिव्यक्तिविरुद्धको उजुरीमा प्रसाईंलाई आइतबार प्रहरीले पक्राउ गरेको थियो ।