Logo
११ असोज २०८३, आईतबार

सुनको भाउमा भारी गिरावट, प्रतितोला ४ हजारले घट्यो

अक्षरपाटी
२०८१ कात्तिक २२ , बिहीबार ११:११ मा प्रकाशित

काठमाडौँ । सुनको भाउ प्रतितोला ४ हजार घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि सुनको भाउ प्रतितोला १ लाख ६४ हजार ५ सय रुपैयाँ निर्धारण गरेको छ।

अघिल्लो दिन प्रतितोला १ लाख ६८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै चाँदीको भाउ पनि तोलामा ५५ रुपैयाँ घटेको छ।

अघिल्लो दिन प्रतितोला २०१५ रुपैयाँ रहेको चाँदी यस दिन १९६० मा झरेको छ। अन्तर्राष्ट्रिय बजारमा सुनचाँदी मूल्यमा आएको उच्च गिरावटले नेपालमा प्रभाव देखिएको हो। अन्तर्राष्ट्रिय बजारअनुसार नेपालमा दैनिक मूल्य समायोजन हुँदै आएको छ।

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ एकैदिन ३.२ प्रतिशत हाराहारीमा घटेको छ। बुधबार सुरुवाती कारोबारमा प्रतिऔंस २७४५ अमेरिकी डलर रहेको सुन बिहीबार सुरुवाती समयमा २६५७ सम्म झरेको थियो।

अमेरिकी राष्ट्रपतिमा डोनल्ड ट्रप निर्वाचित भएसँगै डलर मजबुत हुँदा सुनचाँदीको मूल्यमा उच्च गिरावट देखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। ट्रम्पको उदयले मुद्रास्फिति बढ्न सक्ने अनुमान गरिएको छ।

सुन

ट्रेन्डिङ ( साप्ताहिक )