Logo
२३ पुस २०८१, मंगलबार

खेलकुद विश्वविद्यालय आवश्यक छ : नैनसिंह महर

अक्षरपाटी
२०८१ पुस २२ , सोमबार ०३:०१ मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले नेपालमा खेलकुद विश्वविद्यालयको आवश्यकता रहेको बताएका छन्।

पोखरास्थित पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसको क्रिकेट टिमले आयोजना गरेको डब्लूआरसी प्रियम लिगको उद्घाटनमा बोल्दै उनले भने, ‘खेलाडी, खेल प्रशिक्षक, कोचलगायतका दक्ष जनशक्ति उत्पादन गर्न सरकारले खेलकुद विश्वविद्यालय स्थापना गर्नुपर्छ।’

आफूले नेविसंघ अध्यक्ष हुँदादेखि नै उक्त माग उठाइरहेको उनले बताए।

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताको सफलताले नेपाललाई क्रिकेटको स्वर्णिम युगमा धकेलेको उनले बताए। नेपालमा पर्याप्त पूर्वाधार र बजेट अभावमा पनि एनपीएल जस्तो लिग सफलतापूर्वक सम्पन्न हुनु ठूलो कुरा भएको उनको भनाइ छ।

रंगशाला निर्माणका लागि सरकारलाई आवश्यक योजनाका साथ काम गर्न उनको सुझाव छ।

नेपाली कांग्रेस नैनसिंह महर