Logo
२१ असार २०८३, आईतबार

सन्दीपलाई क्यानले गर्‍यो कारबाही, एक खेलमा प्रतिबन्ध

अक्षरपाटी
२०८१ माघ ८ , मंगलबार ०२:०१ मा प्रकाशित

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा लेगस्पीनर सन्दीप लामिछाने अनुशासनको कारवाहीमा परेका छन्।

क्यानको आचारसंहिताविरूद्ध फेसबुकलगायत सामाजिक सञ्जालमा लेखेको भन्दै क्यानले लामिछानेलाई तीन डिमेरिट अंक दिने निर्णय गरेको हो।

गत साता सम्पन्न जय ट्रफी एलिट कपका बेला उनले अम्पायरको निर्णयबारे सामाजिक सञ्जालमा लेखेका थिए। सोही विषयमा उनलाई कारवाही गरिएको क्यानका प्रवक्ता छुम्बी लामाले जानकारी दिएका हुन्।

क्यानले अब आयोजना गर्ने जुनसुकै प्रतियोगिताको एक खेल सन्दीपले खेल्न पाउने छैनन्।

क्यान सन्दीप लामिछाने