Logo
१ चैत्र २०८१, शनिबार

सुनको मूल्य एक लाख ६० हजार रुपैयाँ पुग्यो

अक्षरपाटी
२०८१ माघ ९ , बुधबार ११:०१ मा प्रकाशित

काठमाडौं । सुनको मूल्य एक लाख ६० हजार रुपैयाँ पुगेको छ।

मंगलबारको तुलनामा बुधबार सुन तोलाको १९ सय रुपैयाँले बढ्दा चाँदी २० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार आज सुन तोलाको एक लाख ६० हजार रुपैयाँ छ। मंगलबार सुन तोलाको एक लाख ५८ हजार एक सय रुपैयाँ थियो।

त्यस्तै चाँदी आज तोलाको एक हजार आठ सय ९५ रुपैयाँ पुगेको छ। हिजो चाँदी तोलाको एक हजार आठ सय ७५ रुपैयाँ थियो।

सुनचाँदी
यो पनि हेर्नुहोस् : ९०० ले बढ्यो सुनको मुल्य